
काठमाडौँ, १९ मंसिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको शुक्रबार विहान फेसबुक पेज ह्याक भएको छ ।
फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिएका छन् ।
‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’















प्रतिक्रिया