
काठमाडौं, १८ मंसिर । अर्थ मन्त्रालयले कोरोना बीमावापतको रकम ३ दिनभित्रै भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ ।
यसअघि ७ दिनभित्रै भुक्तानी दिनू भन्ने मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै अर्थ मन्त्रालयले आज पुनः अर्को निर्देशन जारी गर्दै ३ दिनभित्र भुक्तानी दिन कडा निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई निर्देशन दिएको बताएको छ । साथै मन्त्रालयले हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भनेको छ ।
















प्रतिक्रिया