
काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घण्टामा १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।
यस्तै देशभर हाल १५हजार ७६६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ३४३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ ।
यस्तै २४ घण्टामा थप २ हजार १११ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २७२ जना पुगेको छ ।















प्रतिक्रिया