२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा थपिए १३४३ जना नयाँ संक्रमित, २१११ जना डिस्चार्ज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ३४३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ ।

यस्तै २४ घण्टामा थप २ हजार १११ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २७२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।