
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । आजको बैठक नियमित भएको बताइएको छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको छ ।
आजै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । यद्यपि उक्त भेटघाट नियमित भएको बताइएको छ ।















प्रतिक्रिया