२ कार्तिक २०८३, सोमबार

गोकर्णेश्वरमा सिन्धुपाल्चोककी महिला छोरीसहित मृत भेटिइन्

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १८ मंसिर । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।

गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बसोबास गर्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

शेर्पाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।