२ कार्तिक २०८३, सोमबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराँची, १८ मंसिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन भएको छ ।

केही दिनदेखि रावलपिन्डीस्थित एक अस्पतालको अति सघन कक्षमा राखी उपचार गराइरहेका जलामीको ७६ वर्षको उमेरमा बुधबार निधन भएको हो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए । प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।