१० कार्तिक २०८३, मंगलबार

भोजपुरका पत्रकारलाई तरुण उपाध्यक्षद्वारा स्वास्थ्य सामग्री प्रदान

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले गृहजिल्ला भोजपुरका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

उपाध्यक्ष चापागाइँले बुधबार स्थानीय सञ्चारकर्मीहरूलाई मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ भोजपुर शाखाको सभाहलमा क्रियाशील पत्रकारहरूलाई मास्क र सेनिटाईजर वितरण गरेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझी, विनोद वान्तवा, सफल किरात, तरुण दल जिल्ला कार्य समिति भोजपुरका सचिव ज्योति पौडेललगायतको उपस्थिति रहेको थियो ।