
काठमाडौँ, १७ मंसिर । तनहुँमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारीको पार्टी सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।
वुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले नेता पौडेललाई गिरफ्तार गर्नु आपत्तिजनक एवं निन्दनीय भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’
त्यस्तै, सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न अन्यथा उत्पन्न हुने परिस्थितिको सामना गर्न समेत चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’















प्रतिक्रिया