८ कार्तिक २०८३, आइतबार

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

यी नयाँ भ्वाइस प्याक यही मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले कर सहित रु १७ मा एक घण्टा समय सिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदालिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवालिन सक्नेछन् । एनसेल नेटवर्क भित्रकल गर्न विद्यमान् शुल्क प्रतिमिनेट कर सहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समय सिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीन दिनको समय सिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदालिन सक्नेछन् । यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समय सिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिँदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ