
काठमाडौँ, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६७ जना कोेरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप १ हजार ५ सय ६७ जना कोरोनामुक्त भएको जनाएको छ ।
योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।
थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ४५७ जना रहेको छ । यो निको हुनेको ९२.३ प्रतिशत हो ।
वुधबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै मृतकको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ ।















प्रतिक्रिया