पेरिस ११ चैत । स्पेनबाट जर्मन जाँदै गरेको जर्मनविङसको एयरबस ए ३२० विमान फ्रान्सको एल्पस पर्वतमालामा मङ्गलबार दुर्घटनाग्रस्त भएको छ ।
फ्रान्सका सहायक यातायात मन्त्री एलाइन भिडालिज सो विमानमा यात्रा गरिरेहेका कोही पनि जीवित नरहेको जानकारी दिनुभएको छ ।
स्थानीय समयाअनुसार १०ः४७ मा विमानबाट आपतकालीन सुचना दिएलगत्तै सो दुर्घटना भएको जनाइएको छ । उक्त समयमा सो विमान पाँच हजार फिट उचाइमा रहेको बताइएको छ ।
जर्मनविङसका अनुसार सो विमानमा छ चालक दलका सदस्य र १४४ यात्रु रहेका थिए । स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसेलडोर्फतर्फ गईरहेको सो विमान दुर्घटनाको फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होलेयान्डले पनि पुष्टि गर्नुहुँदै विस्तृत विवरण प्राप्त नभएको बताउनुभएको छ ।
लुफ्थान्सा एयरको सहायक कम्पनी जर्मनविङस वजेट एयरलाइन्समा पर्दछ । रासस /एएफपी














प्रतिक्रिया