९ कार्तिक २०८३, सोमबार

बारामा पानीमा डुबेर एक बालकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बारा, १७ मंसिर । परवानीपुर गाउँपालिका ३ लिप्नी बस्ने राजेश रामको १ वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडि खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर अशक्त घाइते भएका उनलाई गण्डक हेल्थकेयर वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।