२ कार्तिक २०८३, सोमबार

नेकपा सचिवालय बैठक २ बजे बस्दै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो २ बजे मात्रै बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । उनकै चाहनाअनुसार बैठक २ बजेलाई सारिएको स्रोतले जनाएको छ ।

यसअघि बैठकमा सहभागी हुनुको कुनै औचित्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सहभागी नहुने बताएका थिए । यद्यपि बहुमत सदस्यले बैठक बोलाउने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले तयारीका लागि एक घण्टा समय मागेपछि २ बजे बैठक बस्ने भएको हो ।

पार्टी विवादको समाधानका लागि पछिल्लो समय विभिन्न चरणका बैठक भइरहेका छन् ।

आजको बैठकमो ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।