१४ कार्तिक २०८३, शनिबार

एमाले स्थायी कमिटी बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, ११ चैत । नेताहरुको कार्य विभाजन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज दिउँसो नेताहरुको कार्यविभाजनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएको बताउँदै आजको बैठकले टुङ्गो लगाउने बताउनुभयो ।

आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन ।

आन्तरिक तयारी नपुगेको भन्दै मंगलबारको एमाले स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।