
काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै अगाडि बढाउने बताएका छन् ।
पार्टी केन्द्रिय सचिवालयद्वारा आयोजित अन्तक्रियालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र काङ्ग्रेसको कमजोर र असफल प्रतिपक्षी भुमिकाले थप निराशा पैदा भएको चर्चा गरेका छन् ।
यस्तो अवस्थामा आफ्नो पार्टी राप्रपा वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सहज वातावरण बन्दै गएको उनको भनाइ छ ।
मुलुकमा ब्याप्त भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले शसक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिए ।
हिन्दू राष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउनु पर्नेमा थापाको जोड छ ।
महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका निमित्त समयसीमाभित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्रा लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।















प्रतिक्रिया