९ कार्तिक २०८३, सोमबार

यी ८ कम्पनीमाथि कारवाही

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ वटा कम्पनीलाई कारवाही गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि ती कम्पनीलाई कारबाही गरेको हो । दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा काठमाडौँ टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् ।

विभागलको ति कम्पनीहरुबाट कारवाहीको रुपमा १ लाख २१ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

विभागले मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको जनाएको छ ।