९ कार्तिक २०८३, सोमबार

बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा दाङका एक पुरुष र गुल्मीकी एक महिलाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

संक्रमण देखिएपछि उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए । उनको आईसीयुमा उपचार भइरहेकोमा सोमबार मात्रै बुटवल रिफर गरिएको थियो ।

कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो ।

मंसिर १३ गते संक्रमण पुष्टि भएको उनमा १५ गते अस्पताल भर्ना भएकी थिइन् । कोरोना अस्पतालको आइसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।