८ कार्तिक २०८३, आइतबार

के भयो नेकपा सचिवालय बैठकको निष्कर्ष ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ ।

बालुवाटारमा भएको बैठकमा पार्टीभित्र देखिएको शीर्ष विवादका विषयमा छलफल हुँदै बैठक सकिएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा दुवै अध्यक्षको प्रस्तावलाई साझा बनाएर मंसिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको जनाइएको छ ।

बैठक सुरुहुनु अघि बालुवाटारमै अर्थमन्त्री एवम् पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको थियो ।