९ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकामा मंगलबार थप ५ सय ३० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअुनसार थपिएका संक्रमितहरुमा २४० महिला र २९० पुरुष रहेका छन् ।

यससँगै काठमाडौँमा कुल संक्रमितको संख्या ८८ हजार ३०२ पुगेको छ भने त्यसमध्ये ८१ हजार ११० जना निको हुँदा ६ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ३८६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, भक्तपुरमा हालसम्म ७ हजार ९९५ जना संक्रमित रहेकोमा ७ हजार २९८ जना निको भएका छन् भने ६०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ९३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ललितपुरमा हालसम्म १३ हजार ३५९ जना संक्रमित रहेकामा ११ हजार ८८४ जना निको भएका छन् । ललितपुरमा १ हजार ३६१ जना सक्रिय संक्रमित रहेका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

मंगलबार देरशभर १ हजार ३ सय ४ जना संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ ।