९ कार्तिक २०८३, सोमबार

थप २ हजार ७३ जना कोरोनमुक्त, करिब २ लाख १७ हजार निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा २ हजार ७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

त्यस्तै, देशभर मंगलबार थप १ हजार ३ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको भने हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।