१ कार्तिक २०८३, आइतबार

नेपाली शान्ति सेनाले जातीय नरसंहार रोक्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । हिंसाग्रस्त मुलुक दक्षिण सुडानमा खटिएको नेपाली सेनाको कालिध्वज गणअन्तर्गतको नेपाली शान्ति सेना त्यहाँका स्थानीय बासिन्दालाई ठूलो जातीय हिंसाबाट जोगाउन सफल भएको छ ।

टेम्पोअरी अपरेटिङ वेसबाट खटिएको टोलीले क्युवेट इलाकामा चोरी गर्न आएको एक व्यक्तिको झडपका क्रममा मृत्यु भएपछि जातीय हिंसा फैलँदै गरेको भन्ने सूचना पाएको नेपाली शान्ति सेना उक्त इलाकामा खटिएपछि हिंसा भड्कन नपाएको नेपाली सेनाले जनाएको छ ।

सहसेनानी विज्ञान विष्टको कमान्डमा खटिएको टोलीले दुई पक्षबीच वार्ता गराएर समस्यालाई सामान्यीकरण गरेको थियो । दुवै समूहलाई सम्झाएर टोली आफ्नो कार्यस्थलतर्फ फर्किएको थियो ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा पुनः नरसंहारका घटना हुन लागेका बेला नेपाली सेनाले बेलैमा जातीय समूहलाई लड्नबाट रोकेको भन्दै संयुक्त राष्ट्र संघले समेत नेपाली शान्ति सेनाको प्रशंसा गरेको सैनिक मुख्यालयले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।