मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पोर्चुगल पठाईदिन्छु भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने चौधरी पक्राउ

दैनिक नेपाल २०७७ मंसिर १५ गते १९:०५

काठमाडौं, १५ मंसिर । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाईदिन्छु भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने रुपन्देहीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही ओमसतिया गाउँपालिका–६ का ३३ वर्षीय शिवनारायण चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको बताएको छ । उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै सोही जिल्लाका दुई युवाबाट १६ लाख २५ हजार २५० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

चौधरीले ती दुई जना युवालाई उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।

चौधरीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित