२ कार्तिक २०८३, सोमबार

सोमबार थपिए कोरोना भाइरसका १४७४ जना संक्रमित, १९३१ जना डिस्चार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४७४ जना नयाँ संक्रमित थप भएका छन् ।

९ हजार ९११ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९३१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २९ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार ४२३ जना आइसोलेसन र ५३५ जना क्वारेन्टिनमा छन् ।