२ कार्तिक २०८३, सोमबार

सिजनकै बेला किन घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । सुनको खपत हुने मुख्य सिजनमै सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।

गएको साताभर घटेको सुनको मूल्य यो साता पनि निरन्तर घटिरहेको छ ।

यसैबीच आज सोमबार छापावाल सिन प्रतितोला ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन पनि प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किनबेच भइरहेको छ । सुन सस्तो बन्दा आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७७० अमेरिकी डलरमा कारोबार भइरहको छ ।