१० कार्तिक २०८३, मंगलबार

नुवाकोटमा सडेगलेको अवस्थामा शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नुवाकोट, १५ मंसिर । कात्तिक १८ गतेदेखि हराएका नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।

सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ ।

जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए ।