२ कार्तिक २०८३, सोमबार

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ मंसिर । जोसे मोरिन्होको टिम टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो ।

बराबरीपछि टोटनह्यामको १० खेलबाट २१ अंक भएको छ । लिभरपुलका पनि समान २१ अंक भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको छ । युनाइटेडका लागि ब्रुनो फेर्नान्डेसले एक गोल गरे भने एडिन्सन काभानीले दुई गोल गरेका हुन् । साउथह्याम्पटनका लागि बेड्नारिक र वार्ड–प्रोब्सीले गोल गरेका हुन् ।