१ कार्तिक २०८३, आइतबार

देउवा समूहले बोलायो जिल्ला सभापतिहरूको भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bhadur-Deubaकाठमाडौ, ११ चैत । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बुधबार आफू निकटका जिल्ला सभापतिको भेला बोलाएका छन् ।

क्रियाशील सदस्यताको वितरण र नवीकरणका विषयमा छलफल गर्न उनले भेला डाकेका हुन् ।

संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधानविपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको कान्तिपुर दैनिकले छापेको छ ।

क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ ।

‘क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषय र १३ औं महाधिवेशनका विषयमा छलफल र सुझाव लिन भेला बोलाएको हो’, देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला-जिल्लामा कसरी जाने भनी छलफल गर्ने उद्देश्य हो ।’