१ कार्तिक २०८३, आइतबार

डा.केसीको अनसनले त्रिवि अस्पतालको सेवा प्रभावित हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda_kcकाठमाडौ, ११ चैत । प्रा.डा.गोविन्द केसी आमरण अनसन बसेको मंगलवार तेस्रो दिन हो । तर सरकारी तहबाट कुनै चासो प्रदर्शन भएको छैन ।

डा केसी गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नेपालीको पहुँच सुनिश्चित गर्न १० बुँदे मागसहित आमरण अनसनमा छन् ।

‘स्वास्थ्य क्षेत्रको माफियाकरण र गलत सरकारी नीतिले ग्रामिण क्षेत्रको स्वास्थ्य स्थिति दिनहुँ जटिल बनेको छ । मुलुकको चिकित्सा शिक्षा र सेवाको गुणस्तर खस्काउन सरकार, दलीय नेता, त्रिवि पदाधिकारी र मेडिकल माफिया सक्रिय भएकाले तिनीहरुविरुद्ध लडनु परेको हो’, उनले मंगलवार राति भने ।

चिकित्सा शिक्षा नीतिसम्बन्धमा सरकारद्धारा गठित कार्यदलबाट प्रतिवेदन आउनुअघि मेडिकल कलेजलाई सम्वन्धन दिलाउन माफिया सक्रिय भएको उनको बुझाई छ ।

कार्यदलका एक सदस्यले एक महिनाभित्रै नीति तयार गरेर सरकारलाई बुझाउने तयारीमा रहेको जानकारी दिए ।

सहमति कार्यान्वन नगर्दा समस्या

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनी झाले सरकारले संघसंग गरेको सहमति इमान्दारीपूर्वक कार्यान्वयन गरेमा डा.गोविन्द केसी आमरण अनसनमा जाने स्थिति नै नआउने बताउँछन् ।

आमरण अनसनलाई चिकित्सक संघले गम्भिरता पुर्वक लिएको बताउदै उनले छिट्टै यस विषयमा वैठक समेत डाकिने उल्लेख गरे ।

यसैबीच संघले विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रलाई विकृति, विसंगति र तानाशाही प्रवृत्तिवाट मुक्त गराउन राज्यले विगतका सहमतिहरु अक्षरस कार्यन्वयन गर्नुपर्ने जनाएको कान्तिपुर दैनिकले जनाएको छ ।

पटक पटक सम्झौता गर्ने र त्यसको कार्यान्वयन सट्टा अव्यवहारिक र तर्कहिन निर्णय गर्दे स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई भडकाउने प्रवृत्ति तुरन्त अन्त गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ ।