२ कार्तिक २०८३, सोमबार

नेपाल–भारत उडान खुला, कुन–कुन एयरलाइन्सले पाउँछन् उडान गर्न ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । उडान बन्द भएको ८ महिनापछि सरकारले नेपाल–भारत उडान खुलाउने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाली ध्वजावाहक वायुसेवाले दैनिक एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुई वटासम्म मात्रै उडान गर्नेगरी उडान खुला गरिएको हो ।

नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन् ।

भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।