२ कार्तिक २०८३, सोमबार

म्याग्दीमा जिप दुर्घटना हुँदा करिस्माको मृत्यु, अन्य पाँच जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १४ मंसिर । मंगला गाउँपालिका–२ काफलचोकमा आइतबार जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ११ वर्षीया करिस्मा केसी छिन् ।

बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् ।

सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश२ ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाइएको प्रहरीले जनाएको छ ।