२ कार्तिक २०८३, सोमबार

प्यानल बनाएर निर्वाचित भएपनि आजैदेखि प्यानल तोडेर व्यवसायीको हितमा काम गर्छुः ढकाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले आफू सम्पूर्ण व्यवसायीहरूको हकहितमा काम नर्गे भन्दै सबैको साथ र सहयोगले निर्वाचित भएको बताएका छन ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पत्रकारहरूसँग आइताबर बिहान कुरा गर्दै ढकालले आफ्नो जितलाई व्यवसायीहरूको जीत भएको प्रतिक्रिया दिएका छन् ।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन् ।

‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो’, उनले भने, ‘आजदेखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो ।’

‘निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु’, उनले भने, ‘निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ । मेरो जीत भनेको सम्पूर्ण व्यवसायिक साथीहरूको प्रतिनिधिको रुपमा भएको छ ।’