मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एफएनसीसीआई निर्वाचन : जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

दैनिक नेपाल २०७७ मंसिर १३ गते २३:२७

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा प्रतिस्पर्धीमा गुणनिधि तिवारीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

जिल्लानगरतर्फ कुल १०५ मत खस्दा श्रेष्ठले ५८ मत प्राप्त गरे भने तिवारीले ४७ मत मात्रै प्राप्त गरे । विजयी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका हुन् ।

यसअघि नै जिल्ला नगरतर्फका १८ र वस्तुगततर्फका १४ जना कार्यकारी सदस्य विजयी भइसकेका छन् ।जिल्लानगर र वस्तुगततर्फ मिश्रित परिणाम आएको छ ।

प्रदेशतर्फ पनि ७ कार्यकारी सदस्यको मतपरिणाम आइसकेको छ । १४ कार्यकारी सदस्य निर्वाचित हुने वस्तुगतर्फ ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भएका छन् ।

यसअघि नै दुई जना सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए । ६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम भने गणना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित