
रसुवा, १३ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज कालिका गाउँपालिका–३ स्थित सुन्धारा माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
जाइका नेपाल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा निर्माण भएका ९ कोठे भवनको उद्घाटन मन्त्री पोखरेलले गरेका हुन् । नवनिर्मित भवन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणाली अहिलेको कोभिड महामारीको कारण अस्तव्यवस्त हुन पुगेको बताए ।
‘कोभिडले के सिकायो भने शिक्षा लिने दिने कार्य भर्चुअल माध्यमबाट पनि गर्न सकिने रहेछ, यसैले शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यार्थी र शिक्षकलाई प्रविधियुक्त सामग्री हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा गएको छ’, मन्त्री पोखरेलले भने । सोही कार्यक्रमको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सुन्धारा मावि परिसरमा प्राविधिक शिक्षालय स्थापन गर्न सहयोग गर्नका लागि मात्र पत्र समेत पेश गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुँइकेल, प्रधानाध्यपक पूर्णचन्द्र भट्टराई र कालिका गाउँपालिका–३ का अध्यक्ष पुष्पराज न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरे । मन्त्री पोखरेलले माग पत्र बुझ्दै भने, ‘प्राविधिक शिक्षालय स्थापना गर्नका लागि पहल लिने छु, आवश्यक प्रक्रिया पुर्याएर मन्त्रालय आउनुहोस् ।’ नेपाल सरकार एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अनुसार हालसम्म ६०० भन्दा बढी स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना भइसकेको जानकारी उनले दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले रसुवा जिल्लामा शिक्षा क्षेत्रको विकास गर्नका लागि शिक्षा मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘रसुवा भूगोलमा छरिएको र विद्यार्थीहरूले दुःख गरेर पढ्ने बानीको विकास हुँदै गएको हुँदा गाउँ गाउँमा सुर्वशुलभ शिक्षा गराउन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसको लागि संघीय सरकारले सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले गाउँपालिकाले आफ्नै छुट्टै शिक्षा ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र शिक्षा प्रणाली व्यवस्थित गर्नको लागि अघि बढेको बताइन् । तर अन्य गाउँपालिका र नगरपालिकाले त्यस्तो शिक्षा नीतिहरू कायान्वयन नगरेको हुँदा आफूहरूलाई बनेको ऐन कानून कार्यान्वयन गर्न समस्या भएको उनको भनाइ छ ।
मन्त्रीलाई शिक्षक महासंघ रसुवाको ज्ञापन पत्र
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई शिक्षक महासंघ, नेपाल जिल्ला समिति रसुवाले माग पत्र पेश गरेको छ । आज शनिबा। कालिका गाउँपालिका–३ स्थित सुन्धारा माविको नवनिर्मित भवन निर्माणको क्रममा रसुवा आएका मन्त्री पोखरेललाई भेटी शिक्षक महासंघ रसुवाका अध्यक्ष मोचनाथ न्यौपाने लगायत पदाधिकारीले ७ बुँदे माग राखी ज्ञापन पेत्र पेश गरेका हुन् ।















प्रतिक्रिया