९ कार्तिक २०८३, सोमबार

पार्टीभन्दा ठूलो कुनैपनि नेता हुन सक्दैन: नेता नेपाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । सत्तारुढ नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुैनपनि नेता पार्टी भन्दा ठुलो हुन नसक्ने बताएका छन् ।

शनिबारको सचिवालय बैठकमा उनले पार्टीभन्दा नेता ठूलो हुने प्रवृत्ति बढेको बताउँदै पार्टीभन्दा कोही नेता पनि ठूलो नहुने बताएका हुन् ।

त्यस्तै, उनले विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्ने धारणा राखेका छन् ।

‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सवैले पार्टीको निर्णय मान्नुपर्छ’, नेता नेपालले बैठकमा भने, ‘विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्छ यसमा कसैले हुदैन भन्न मिल्दैन ।’