९ कार्तिक २०८३, सोमबार

चालू आर्थिक वर्षमा राष्ट्रिय निकुञ्जमा मरे १६ वटा गैँडा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, १३ मंसिर । चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो । सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए ।

चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् । –रासस