
काठमाडौँ, १३ मंसिर । ऊर्जामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले नेकपाभित्रको विवाद समाधान हुने भएकाले कसैलाइ पनि नआत्तिन आग्रह गरेका छन् ।
उनले कम्युनिष्ट पार्टीभित्र बहस र छलफल हुनु स्वभाविक भएको बताउँदै पार्टीभित्रको विवाद पनि समाधान हुने विश्वास व्यक्त गरे ।
शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले यस्तो बताएका हुन् । मन्त्री पुनले पार्टीभित्रको अन्तर्संघर्षले अहिले सिंगो देश नै प्रभावित भएको भएपनि सबै समस्याको हल खोजिने बताए ।
पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा जोड दिँदै उनले जनमतको कदर गर्दै देश र जनताको पक्षमा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया