२ कार्तिक २०८३, सोमबार

अमृताको हत्यामा संलग्न पाँच जना पक्राउ, भोलि सार्वजनिक गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । प्रहरीले रौतहट माधव नारायण नगरपालिका–५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

अमृताको गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको थियो । रौतहट प्रहरीका अनुसार गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको १५ दिनपछि अमृताको हत्यामा संलग्न व्यक्तिहरु शुक्रबार राति विभिन्न स्थानबाट पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।