२ कार्तिक २०८३, सोमबार

मित्रपार्क–चावहिल सडक कालोपत्र गर्ने क्रम शुरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । गौशाला–चावहिल सडकखण्डअन्तर्गत मित्रपार्क–चावहिल खण्डमा कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

लामो समयदेखि अलपत्र सडक कालोपत्र हुन थालेपछि त्यस क्षेत्रका स्थानीय खुशी बनेका छन् । गौशाला–चावहिल सडक खण्डअन्तर्गत जयबागेश्वरी–मित्रपार्क खण्डमा यसअघि जेठमै कालोपत्र गरिसकिएको छ ।

यद्यपि कोलोपत्रको भाग अहिले भने ठम्याउन गाह्रो नै पर्छ । किनभने सँगैको सडक कालोपत्र नहुँदा कालोपत्र भएको भागसमेत अस्रल्ल अवस्थामा छ ।

मित्रपार्क–चावहिल खण्डमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्न सडकको दुबैतर्फको भाग खनेर अलपत्र पारेका कारण लामो समयदेखि कालोपत्रको काम हुन सकेको थिएन ।

प्राधिकरण र सडक विभागका बीचमा त्यतिबेलै एक सातामा मित्रपार्कदेखि चावहिल हुँदै चुच्चेपाटीसम्म तार भूमिगत गरिसक्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुसार जेठ २ गते प्राधिकरणले तार भूमिगतको काम सकेर विभागलाई साइट हस्तान्तरण नगरेका कारण कालोपत्रको काम अलपत्र बनेको थियो ।

वर्षामा हिलो र घाम लाग्दा धुलो तथा खाल्डाखुल्डीका कारण अत्यन्तै असहज यात्रा गर्नुपर्ने अवस्थाबाट अव भने गौशाला–चावहिल सडक प्रयोगकर्ताले मुक्ति पाउने अवस्था बनेको छ । तर, अगाडि कालोपत्र भइसकेका कतिपय भागहरु पुनः भत्किसकेको छ ।