२ कार्तिक २०८३, सोमबार

कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणमुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

उनले शुक्रबार फेसबुकमा आफ्नो नेगेटिभ रिपोर्टआएको जानकारी दिएका हुन् । आफ्नो रिपोर्ट उनले फेसबुकमा अपलोड समेत गरेका छन् ।

स्टार अस्पतालमा गरिएको परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो । आफूमा कुनै पनि लक्षण नदेखिएकोसमेत उनले जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै पनि लक्षण देखापरेको छैन, न त कुनै जटिलता नै आइपरेको छ । डाक्टहरूसँगको सल्लाहबाट मैले आज दोस्रोपटक पीसीआर गराएँ, जसमा कोभिड नेगेटिभ देखियो ।’

कोभिडलाई सामान्य रूपमा नलिन र उचित सावधानी अपनाउन आग्रह गर्दै उनले शारीरिक पीडाभन्दा मानसिक पीडाले सताउने उल्लेख गरेका छन् ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणअघि गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । कप्तान मल्लसँगै खेलाडीहरू दीपेन्द्र सिंह ऐर र रोहित पौडेलमा समेत कोरोना संक्रमण भएको देखिएको थियो ।

यो पनि पढ्नुहोस्–