२ कार्तिक २०८३, सोमबार

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाली स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन् । उक्त जानकारी उनले शुक्रबार राति २ बजे गराएका हुन् ।

उनले अङ्ग्रेजीमा लेखेका छन्, ‘सबैमा मेरो नमस्कार । यो बताउनु मेरो कर्तव्य हो कि म कोरोना पोसेटिभ भएको छु । बुधबारदेखि हल्का जिउ दुख्ने गरिरहेको थियो । तर, मेरो स्वास्थ्य अवस्था सुधार भइरहेको छ । सबै सामान्य भएको खण्डमा म पुन मैदानमा देखिने छु । मेरो लागि प्रार्थना गरिदिनुस् ।’