३० आश्विन २०८३, शुक्रबार

उद्यमीहरुलाई कृषि सामाग्री हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishiरसुवा, १० चैत । रसुवाका दशजना तरकारीे खेती गने उद्यमीहरुलाई कृषिका लागि सामाग्री प्रदान गरेका छन् ।

जिल्लाका चिलिमे, गत्लाङ, स्याफ्रु, यार्सा, भोर्ले, धैबुङ्ग, डाडाँगाउँ, लहरेपौवा, राम्चे गाविसका हजार दिनका आमाहरु तथा स्वयमसेविका लगायत दश जना उद्यमीहरुलाई तरकारी खेतीका लागि पाइप, स्प्रिङकल, जाली, स्प्रेयर, हजारीलगायतका जनही २५ सय बरावरको सामाग्री बितरण गरिएको सुआहारा जिल्ला संयोजक मनोज मिश्रले बताए ।

यसअघि उद्यमीहरुलाई ३ दिने बिउ उतपादन तालिम प्रदान गरिएको थियो । तालिममा जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक बालकुमारी खडका, सुआहारा कार्यक्रमका किशोर घिमिरे र भोगेन्द्र खत्रीले सहजीकरण गरेका थिए ।

– परिवर्तन कथा छनौट सम्पन्न
यस्तै, सुआहारा कार्यक्रमको आयोजनामा समुदायमा भएको उल्लेखनिय परिवर्तन कथा छनौट कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्थित सरोकारवालाहरु बीच भएको छलफलमा धैबुङ्ग गाविसका संकलित स्वास्थ्य, सरसफाई र पोषण क्षेत्रमा जागरण लयाएर आएका दश वटा उल्लेखनिय परिवर्तनका कथाहरुबाट ४ वटा कथा छनौट गरिएको हो ।

जिल्लाका बिभिन्न गाविसमा उल्लेखनिय परिवर्तन कथा छनौट सम्पन्न गरी केन्द्रीय तहमा पनि प्रतिष्पर्धा गराई पुरस्कृत गर्ने कार्यक्रम रहेकने सुआहारा रसुवाले जनाएको छ ।