बनेपा, १३ वैशाख । एनेकपा (माओवादी)का सङ्गठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले संविधान निर्माण नभए देश मुठभेडमा जाने बताउनुभएको छ ।
धुलिखेलमा एनेकपा (माओवादी) काभ्रेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जन भावनाअनुसारको संविधान निर्माण हुनुपर्छ भन्नुभयो ।
जनताले खोजेजस्तो संविधान निर्माण हुन नसके त्यसले द्वन्द्व निम्त्याउने उल्लेख गर्दै उहाँले राज्यको पुनःसरचना र शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेको उल्लेख गर्नुभयोे ।
दुई दिनसम्म चल्ने सो सम्मेलनले ३८ जनाको कार्यसमिति र केन्द्रीय प्रतिनिधि छनोट गर्नेछ ।












प्रतिक्रिया