२ कार्तिक २०८३, सोमबार

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा सभामुख सापकोटाको जोड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन् ।

प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने भन्दै उनले त्यसका लागि संसद जीवन्त र जनमुखी बन्नुपर्नेमा जोड दिए ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको संघीय र प्रदेशसभा सञ्चालनका अनुभव आदानप्रदान सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढी रहेको समेत बताएका छन् ।

‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ, संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो’, सभामुख सापकोटाले भने । हाल संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानून निर्माण हुने धारणा व्यक्त गर्दै उनले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा उनले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा पनि उनले गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुुरु भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।