मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पश्चिमी वायुको प्रभाव कम भएसँगै भोलिदेखि मौसम सफा हुने

दैनिक नेपाल २०७७ मंसिर १२ गते ११:५३

काठमाडौं, १२ मंसिर । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम भोलि शनिबारदेखि सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

शुक्रबार रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुने महाशाखाको पूर्वानुमान छ । उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम सुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको बताइएको छ ।

मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम सुरु हुने छ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ ।

शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
सम्बन्धित