२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य घट्ने क्रम जारी, हिजो स्थिर भएको मूल्य आज कति घट्यो ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य निघरन्तर घटिरहेको छ ।

मंगलबार र बुधबार मात्रै २ हजार ९०० रुपैयाँले घटेको मूल्य हिजो बिहीबार स्थिर रह्यो । तर शुक्रबार पुनः सुनको मूल्य कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।