२ कार्तिक २०८३, सोमबार

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ मंसिर । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई १–० ले पराजित गरेको हो ।

३६ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर म्यानचेस्टर सिटीको जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको दुई खेल बाँकी हुँदा १२ अंक भएको छ । तेस्रो स्थानको ओलम्पिकासको तीन अंक रहेको छ ।

सोही समूह अन्तर्गत बुधबार राति भएको खेलमा मार्सेइलीलाई २–० ले पराजित गरेको एफसी पोर्टो ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।