२ कार्तिक २०८३, सोमबार

क्याम्पसका लेक्चरर सिंह हतियारसहित पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १० मंसिर । वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित शिक्षक जितेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी सिंहलाई प्रहरीले गएराति वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिएका छन ।

उनले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताए ।