२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा कोरोना भाइरसका २४ जना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३६१ जना पुगेको छ । मंगलबारको यो तथ्याङ्क हेर्दा देशमा प्रत्येक १ घण्टामा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ७९१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेका छ भने निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ जना पुगेको छ ।

नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर प्रविधिबाट कोरोना जाँच गरिसकिएको छ ।