९ कार्तिक २०८३, सोमबार

६ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

महोत्तरी, ९ मंसिर । बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा प्रहरीले एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यहीँ पसल गरी बस्ने गौशाला नगरपालिका ५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साह रहेका छन् । प्रहरीले साहलाई गएराति पक्राउ गरेको हो ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएकोले भन्ने खबर ईलाका प्रहरी कार्यालय बर्दिबासमा प्राप्त हुनासाथ खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको छ ।

घटना पश्चात अरूणले गौशाला नगरपालिका ५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पुर्याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका १४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।